कुनै समयमा रणबीरले पनि भनेका थिए, ‘करणले कार्यक्रममा जबर्जस्ती बोलाएर हाम्रो नाममा पैसा कमाउँछन्’



१० असार २०७७, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा अभिनेता रणबीर कपुरले एक अन्तवार्तामा बोलेको कुरा निकै नै भाइरल भैरहेको छ । वास्तवमा अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र नातावादको निकै नै चर्चा चलिरहेको छ ।

यसमा निर्देशक तथा निर्माता करण जौहर सबैभन्दा धेरै विवादमा परेका छन् । उनलाई आफ्नालाई मात्र चलचित्रमा लिने गरेको आरोप लागेको छ । रणबीरले पनि करणलाई लिएर केही भनेका थिए । अहिले त्यहि कुरा नै चर्चामा आएको छ ।

एआईबीलाई दिएको अन्तरवार्तामा रणबीरले करनले सोधेको प्रश्नको जवाफ दिएर आफूहरु फस्ने गरेको खुलासा गरेका थिए । रणबीरलाई सोधिएको थियो, ‘के तपाईं कफी विद करणमा जाँदाजाँदा थाक्नु हुन्न रु’ तब रणबीरले उत्तर दिएका थिए, ‘हो, म थाकिसकेको छु ।

मैले भनिसकेको पनि थिएँ कि म यो शोको हिस्सा बन्न चाहन्नँ तर मलाई जबर्जस्ती बोलाइयो । म र अनुष्का शर्मा त करनले जे गरिरहेका छन् त्यो गलत हो भनेर देखाउनका लागि पूरा इन्डष्ट्रिसँग मिलेर विरोध गर्ने तयारीमा थियौं । करनले त शोबाट पैसा कमाउँछन् तर हामीले जति पनि जवाफ दिन्छौं त्यसकारण हामीलाई निशाना बनाइन्छ । करणको उपहारमा पनि आइफोनबाहेक खासै केहि पनि हुन्नँ ।’

प्रतिक्रिया दिनुहोस्