कुनै समयमा शाहरुखले आमिरलाई भनेका थिए, ‘काजोलसँग काम नगर’



१० असार २०७७, काठमाडौँ

शाहरुख र काजोल बलिउडका निकै लोकप्रिय जोडीमध्येका एक हुन् । स्क्रिनमा यी दुईको जोडीलाई दर्शकले खुबै नै रुचाउने गरेका छन् । यी दुईले कुछ कुछ होता हे, माइ नेम इज खान, कभी खुसी कभी गम, बाजीगर, दिलवाले लगायतका सुपरहिट चलचित्रमा एकसाथ काम गरेका छन् ।

उनै शाहरुखले कुनै समयमा आमिर खानलाई काजोलसँग काम नगर्न सुझाव दिएका थिए । यो कुरा सुनेर सबैलाई अचम्म लाग्न सक्छ । पिंकविलाका अनुसार फिल्म दिलवालेको क्रममा दिएको अन्तरवार्तामा शाहरुखले फिल्म बाजिगरको सुटिङका बेला काजोललाई नरुचाउने खुलासा गरेका थिए । नायकले भने, ‘जब म काजोलसँग फिल्म बाजिगरमा काम गरिरहेको थिएँ तब आमिर खानले मलाई काजोलबारे सोधेका थिए किनभने आमिर पनि उनीसँग काम गर्न चाहन्थे । मैले उनलाई भनेँ, ‘उनी ठिक छैनन्, काममा केन्द्रीत छैनन्, तिमी उनीसँग काम गर्न सक्ने छैनौ ।’

तर पछि शाहरुखलाई आफूले दिएको सुझावलाई लिएर अपसोच लागेको थिए । किनकी उनले काजोलको काम हेरिसकेका थिएनन् । शाहरुख खानले थपे, ‘मैले पुनः आमिर खानलाई आफ्नो कुराको स्पष्टिकरण दिन फोन गरेँ । मैले उनलाई भने, ‘मलाई थाहा थिएन कि उनी स्क्रिनमा जादू गरिदिन्छिन् ।’’

प्रतिक्रिया दिनुहोस्