सुशान्तको पार्थिव शरीरको फोटो पोष्ट गर्ने फोटोग्राफरप्रति नायिका दिपिका पादुकोणको आक्रोश…



१० असार २०७७, काठमाडौँ

सुशान्तको निधनपछि सामाजिक सञ्जालमा उनको तस्बिरहरु व्यापक रुपमा भाइरल भैरहेका छन् । एक फोटोग्राफरले त झन् उनको पार्थिव शरीर घाटमा लैजादैँ गरेको तस्बिर सेयर गर्दै आफ्नो अनुमति बिना उक्त तस्बिर कतैपनि पोष्ट नगर्न अनुरोध गरेका थिए ।

उक्त फोटोग्राफरप्रति नायिका दिपिका पादुकोण भड्किएकी छिन् । दीपिकाले फोटोग्राफरको यो भनाइमा लेखेकी छिन्–‘ठिक छ, तर तपाईंले भिडियो बनाएर पोस्ट मात्रै गर्नुहुँदैन, यसलाई मोनिटाइज पनि गर्नुभएको होला । तर तपाईंले के यसमा उनको परिवारसँग अनुमति लिनु भयो त रु’

दीपिकाको यो भनाइलाई उनका फ्यानले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्