सुशान्तको प्यारो कुकुर : उनलाई सम्झदैँ मोबाइलको स्क्रिनमा उनको फोटो हेर्दै



१० असार २०७७, काठमाडौँ

मानिस र कुकुरको सम्बन्ध असाध्यै प्रिय हुन्छ । हामीले देखेका नै छौँ, आजभोली प्राय मानिसले आफ्नो नजिकको साथी कुकुरलाई नै बनाएका हुन्छन् । कुकुर हामी जसरी बोल्न सक्दैनन् तर उनीहरुभित्र पनि भावना भने हुन्छ ।

केहीदिन अघिमात्र बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे । उनको आत्महत्यापछि उनको कुकुर निकै एक्लो भएका छन् । सुशान्तसँगै सुत्ने, उठ्ने, खाने कुकुर आज सुशान्तले छोडेर गएपछि चारैतिर उनलाई खोजिरहेका छन् ।

अचम्मको कुरा त के छ भने उनी मोबाइलको स्क्रिनमा समेत उनको तस्बिर हेरेर टोलाइरहेका छन् । यतिबेला सामाजिक सञ्जालमा सुशान्तको कुकुरले उनको तस्बिर हेरेर टोलाइरहेको तस्बिर र भिडियो निकै भाइरल भैरहेको छ ।

कलाकार मनवीर गुर्जरले १८ जुनमा सुशान्त र उनको कुकुरको फोटो राख्दै एक ट्विट गरेका थिए, ‘अरु कोही नभएपनि यसले त तिम्रो महत्व आज पनि जान्दछ ।’

सुशान्त आफ्नो कुकुरलाई निकै प्रेम गर्थे । सायद उनलाई लाग्थ्यो, यो संसारमा कोही मान्छे पनि खास भरोसा गर्न लायक छैन । त्यसैले दुई वर्षअघि उनले आफ्नो कुकुरको नाममा भावुक पोस्ट गरेका थिए । उनले लेखेका थिए, ‘यदि तिमीले मलाई सम्झियौँ भने बाँकी सबैले बिर्सिएकोमा मलाई पर्वाह हुने छैन । माई लभ, फज ।’

प्रतिक्रिया दिनुहोस्