‘खान नपाई आँसु कोही, झार्न नपरोस्’



गजल

खान नपाई कोही आँसु, झार्न नपरोस्
तड्पिएर कोही आत्मा, मर्न नपरोस्

बिरामी भइ अनि, रासन सिध्दिएपछि,
साहुसँग कोही ऋण, कार्न नपरोस्

बजार बन्दा हुँदा, सर्वस्व थोक बन्दा हुँदा
धौधौ गरी कोही छाक, टार्न नपरोस्

गाउँगाउँ अनि बस्तीमा, भाइरस आएसी
बिचल्लीमा कोही घरबास, सार्न नपरोस्

अहिले मर्छु या त, भोलि भन्छु भन्दै
जीवनसँग कोही पनि, हार्न नपरोस्

मनबहादुर विश्वकर्मा
सिद्धकुमाख २, सल्यान

०९ असार २०७७, काठमाडौं

प्रतिक्रिया दिनुहोस्