गाली गर्नेलाई सोनमको जवाफ, ‘हो म मेरो  पिताको कारण नै बलिउडमा छु’



०९ असार २०७७, काठमाडौँ

सुशान्तको निधनपछि बलिउडमा चल्न थालेको नातावाद र परिवारवादको विवादमा नायिका सोनम कपुर पनि मुछिएकी छिन् । सोनम लगायत अन्य स्टार किड्सलाई आफ्नो परिवारको कारण फिल्म क्षेत्रमा टिकेको आरोप लगाइरहेका छन् ।

यहि कारणले नायिका सोनाक्षी सिन्हाले त ट्वीटर अकाउण्ट नै बन्द गरिदिइन् । यस्तै नायिका सोनम कपुरले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो विरोध गर्नेलाई गतिलो जवाफ दिएकी छिन् ।

उनले लेखेकी छिन्, म मेरो पिताकी छोरी हुँ, म उनकै कारणले बलिउडमा छु र यो मेरो विशेष अधिकार पनि हो । यो बेइज्जत होइन । मेरो पिताले निकै दुस्खका साथ काम गरेर मलाई यो हक दिएका हुन् । मलाई उनको छोरी भएकोमा गर्व छ ।’

प्रतिक्रिया दिनुहोस्