सुशान्त सिंहको आत्महत्या पछि निशानमा परेका करण जोहरले आखिर किन उठाए यस्तो कदम ?



०५ असार २०७७, काठमाडौं

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड जगत् निकै तात्तिएको छ । उनले आत्महत्या गरेपछि मानिसहरु फिल्म निर्मातामाथि रिस पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रिस बलिउड निर्माता करण जोहरमाथि पोखिएको छ । ट्वीटरमा ‘अनफलो करण जोहर’ ट्रेन्ड पनि भयो तर अब करण जोहरले पनि त्यस्तै कदम उठाएका छन् ।

सुशान्त सिंह राजपूतको आत्महत्यापछि करण जोहर विरुद्ध बिहारको एक अदालतमा मुद्दासमेत दर्ता गरिएको छ । तर अब करण जोहरले पनि यी रिसमाथि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले माइक्रोब्लगिङ साइटमा थुप्रै अकाउन्ट अनफलो गरिदिएका छन् ।

कुनै बेला थुप्रैलाई फलो गरेका करण जोहरले अब ८ वटा अकाउन्टलाई मात्रै फलो गरेका छन् ।  उनले छोरी भन्ने गरेका आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रा, काजोल र अन्य थुप्रै सेलिब्रिटीलाई पनि अनफलो गरेका छन् । उनले फलो गरेका आठ अकाउन्टमध्ये उनको प्रोडक्सन हाउस धर्माको हो र अन्य चारमा शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन र प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य चार सेलिब्रिटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्