सुशान्त सिंहको अन्तिम संस्कारमा पुगे यी बलिउडकर्मी (फोटोफिचर)



०२ असार २०७७, काठमाडौं

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मुम्बइको विले पार्ले श्मशान घाटमा अन्तिम संस्कार गरियो । उनलाई बुवा केके सिंह र दिदीहरुले दागबत्ती दिए । यतिबेला उनका काकाका छोरा सांसद निरज सिंह बबूलको पनि उपस्थिती रह्यो ।

अन्तिम संस्कारमा जम्मा २५ व्यक्ति समावेश भए । नायिका कृति सेनन, श्रद्धा कपुर, नायक राजकुमार राव, सुनिल शेट्टी, विवेक ओबरोय, वरुण शर्मा, अर्जुन बिजलानी र थुप्रै टिभी कलाकारको उपस्थिती रह्यो ।

सुशान्तको कोरोना परीक्षणसमेत गराइएको थियो । रिपोर्ट नेगेटिभ आयो । पोस्टमार्टममा उनको पासो लगाएका कारण नै मृत्यु भएको बताइएको छ । शरीरमा चोट वा जोर–जबरजस्तीका केही दाग छैनन् ।

प्रतिक्रिया दिनुहोस्