‘सुशान्तको आत्महत्या थियो या योजनावद्ध हत्या ?’ – कंगना रनावत



०२ असार २०७७, काठमाडौं

बलिउड नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनको बिषयमा भिडियो सार्वजनिक गर्दै आक्रोश व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्–‘सुशान्तलाई चलचित्र क्षेत्रले आफ्नोपनको आभाष नै गराउन सकेन । ‘छिछोरे’ जस्तो चलचित्रले कुनै अवार्ड पाउँदैन, गल्ली ब्वाई जस्तो बकवास चलचित्रले अवार्ड पाउँछ ।’

कंगनाले सुशान्तको निधनबारे प्रश्न उठाउँदै भनेकी छिन्–‘यो आत्महत्या थियो या योजनावद्ध हत्या ?’

चलचित्र क्षेत्रका केही चलचित्रकर्मी र केही पत्रकारले ‘यो क्षेत्रमा तिम्रो केही काम छैन’ भन्ने गरेको र सुशान्तले यो कुरा मानेको कंगनाले बताएकी छिन् । आक्रोशित कंगनाले फेरि एक पटक बलिउडमा ‘परिवारवाद’ हाबी भएको भन्दै अन्य कलाकारको कामको मुल्यांकन हुन नसकेको टिप्पणी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्