छोरीहरुसँग थाइल्याण्डमा टिकटक डान्स गर्दै हिमानी, पारसले सेयर गरे पछि भयो भाइरल



२७ जेठ २०७७, काठमाडौं

पूर्व यूवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ ।

‘गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी छन् । पूणिर्का साहको अकाउन्टबाट अपलोड भएको यो भिडियो अहिले भाइरल बनेको छ । हिमानीका पति पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी र उनका तीन छोराछोरी अहिले थाइल्यान्डमा छन् । उच्चशिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनका कारण उतै अड्केकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्