स्थलमार्गबाट बुबा र आमासँगै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला



२१ जेठ २०७७, काठमाडौं

भारतमा बस्दै आएकी अभिनेत्री मनिषा कोइराला मंगलबार स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुँदै बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी छन् ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको थियो । उनीहरु होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।

नेपाल सरकाले लम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको समर्थनमा गरेको ट्वीटका कारण उनलाई भारतीय मिडियाहरुले विवादमा तानेका थिए । भारतमा बसेर चीनकाे समर्थन जनाउने भन्दै उनको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्