धुर्मुस सुन्तलीको माग : ‘जातीय विभेद गर्दै हत्या गर्नेलाई कडा कारवाही होस्’



१६ जेठ २०७७, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालभरि नवराज विकको हत्याकाण्डले चर्चा पाइरहेको छ । प्रेमिकासँग विवाह गर्न हिडेका नवराजको तल्लो जातको भएको कारण ज्यान गयो । यतिबेला सामाजिक सञ्जालमा नेपाली चलचित्र जगतका हस्तिहरुहरुले नवराजको अपराधीले सजाय पाउनुपर्ने माग गरिरहेका छन् ।

यसैबिच सामाजिक अभियान्ता तथा कलाकार धुर्मुस सुन्तलीले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस घटनाबारे आफ्नो भनाई राखेका छन् । उनीहरुले पनि नवराजको हत्याराले सजाय पाउनु पर्ने बताएका छन् ।

सिताराम कट्टेल (धुर्मुस) – प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठोर प्रयोग गरियोस्, घटनाको सत्य तथ्य छानबिन होस् ।

कुञ्जना घिमिरे (सुन्तली) – नेपालको रुकुम जिल्लामा घटाईएको असामाजिक, अमानवीय, विभत्स हत्याको भत्र्सना गर्दछु । प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठोर प्रयोग गरियोस् । कारवाही यस्तो होस् कि उप्रान्त यस्ता अपराध गर्न त परै जावस्, कसैले सोच्न पनि नसकोस् ।

प्रतिक्रिया दिनुहोस्