डिसहोममा शिल्पा र पुष्प अभिनित फिल्म ‘मङ्गलम’



१६ जेठ २०७७, काठमाडौँ

करिब २ बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र मगंलम अब डिसहोममा रिलिज हुने भएको छ । आज डिसहोमको च्यानल १०८ मा मंगलम आउँदैछ । मगंलम व्यवसायिक रुपमा सफल भएको चलचित्र हो ।

च्लचित्रमा पुष्प खड्का, शिल्पा पोखरेल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । छविराज प्रोडक्सनमा बनेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

च्लचित्र मगंलम अब चाडै नै युट्युबमा पनि आउने बताइएको छ । यसको १५ मिनेटको क्लीप भने सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्