विवाहअघि दिपिकाको मन जित्न रणवीरले गरेका थिए यस्ता हर्कत…



१६ जेठ २०७७, काठमाडौँ

रणवीर सिंह र दिपिका पादुकोण बलिउडका निकै नै चर्चित जोडीको रुपमा परिचित छन् । उनीहरुको रियल लाइफ कपल हुन् । चलचित्रमा मात्र नभएर रियल लाइफमा पनि यी दुईलाई आफ्नो आइडल जोडी मान्ने फ्यानहरु निकै नै रहेका छन् ।

अहिले लकडाउनका कारण यी दुई एकअर्कासँग समय बिताइरहेका छन् । यसैबिच सामाजिक सञ्जालमार्फत आफ्ना विगतका मिठा पलहरु प्नि यी दुईले सेयर गरिरहेका हुन्छन् ।

रणवीरले हालैमात्र फुटबलर सुनील क्षेत्रीसँगको इन्ष्टाग्राममा लाइभ च्याट गर्दा दिपिकालाई इम्प्रेश पार्न आफूले फूलमा निकै नै खर्च गरेको बताए । दिपिकालाई लिली फूल निकै मनपर्ने भएकाले रणवीर उनको लागि सधैँ नै लिली फूल किनेर लगिदिन्थे ।

रणवीरले फूल किन्ने गरेको कुरा उनका पितालाई पनि थाहा थियो । उनले पिताले सोधेको प्रश्न याद गर्दै भने, ‘तिमीलाई थाहा छ रु तिमी कति धेरै पैसा फूलमा खर्च गरिरहेका छौँ रु’ पिताको यस्तो प्रश्नमा उनले दिएको जवाफ यस्तो थियो, ‘पापा, तपाईं चिन्ता नगर्नुस् । लक्ष्मीको अवतारमा अकुत सम्पत्ति आउँदैछ ।’

विवाहपछि रणवीर सिंहले थुप्रैपटक दीपिकासँगको अफेयरका बारेमा खुलासा गर्दै आएका छन् । यो जोडी एक अर्कामा निकै समर्पित भएको पनि देखाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्