विवादित सिरियल पाताल लोक बारे अनुष्काले भनिन्, ‘हामीले समाजको चित्र देखाएका छौँ’



१६ जेठ २०७७, काठमाडौँ

बलिउड नायिका अनुष्का शर्मा केहीसमय देखि निकै नै विवादमा आइरहेकी छिन् । उनले निर्माण गरेको सिरियलमा नेपाली चेलीलाई तुच्छ गाली गरेपछि नेपाली कलाकारहरु भड्किएका थिए । उक्त सिरियललाई लिएर नेपाली कलाकारले मात्र नभएर भारतीय कलाकारले पनि आपत्ति जनाएका थिए ।

यत्तिका दिनसम्म चुप रहेकी अनुष्काले अहिले भने यसबारे मुख खोलेकी छिन् । उनले आफ्नो सिरियल पाताल लोक को मार्फत बाट समाजको वास्तविक रुप दर्शकमाझ ल्याउन खोजेको बताएकी छिन् ।

अनुष्का शर्माले कुनै पनि अपराधीलाई सकारात्मक मानविय तरिकाले देखाउन नखोजिएको बताएकी छिन् । भारतीय मिडियासँग कुरा गर्दै अनुष्काले भनेकी छिन्–‘हामीले कुनै पनि मानिसको पछाडि एउटा कहानी हुन्छ भनेर देखाउन खोजेका छौ । उसलाई जस्तो तरिकाको व्यवहार गरिन्छ, उ सोही अनुसार नै समाजमा चित्रित हुन्छ । हामीले समाजको चित्र देखाएका छौ र दर्शकलाई नै सही वा गलत छुट्टाउने अधिकार छोडिदिएका छौ।’

उनले अन्तवार्तामा नेपाली चेलीलाई गरेको गालीबारे भने केहीपनि बोलेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्