नेपाली महिलालाई तुच्छ गाली गरिएको नायिका अनुष्का शर्माको सिरियलको भारतमै यतिधेरै विरोध…



१६ जेठ २०७७, काठमाडौँ

पछिल्ला केही दिनदेखि बलिउड नायिका अनुष्का शर्मा निकै विवादमा आइहेकी छिन् । उनले निर्माण गरेको सिरियल पाताल लोक मा नेपाली महिलालाई तुच्छ गाली दिएपछि नेपाली कलाकारले उनको सिरियलको निकै विरोध गरेका थिए ।

अब उनको सिरियल नेपालमा मात्र नभएर भातरमा पनि विवादमा आएको छ । भारतीय जनता पार्टीका नेता नन्दकिशोर गुर्जरले यो सिरियलविरुद्ध ऊजुरी गर्दा गरेका छन् । उनले भारतीय टिमका कप्तान विराट कोहलीसँग आफ्नी श्रीमती र पाताललोककी निमात्री अनुष्का शर्मासँगग सम्बन्धविच्छेद गरेर देशका लागि एक उदाहरण पेश गर्न माग गरेका छन् ।

भाजपा नेताले पाताललोक सिरिजमा सनातक धर्म र भारतीय एजेन्सीलाई गलत तरिकाले चित्रण गरेको बताउँदै यसलाई राष्ट्रद्रोह बताएका छन् । त्यहि कारणले अनुष्का विवादमा तानिएकी हुन् । अनुष्का भने यसबारे मौन नै छिन् ।

 

प्रतिक्रिया दिनुहोस्