चलचित्र ‘साइनो’ युट्युबमा रिलिज



१५ जेठ २०७७, काठमाडौँ

लकडाउनको समयमा चलचित्र साइनो युट्युबमा रिलिज भएको छ । नेपालकै प्रथम नायिकाको रुपमा परिचित भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र साइनो ले युट्युबमा दर्शकको राम्रो साथ पाइरहेको छ ।

मिरुना मगर, निता ढुगांना, राज कुमार, भुवन चन्द, बसुन्धरा भुषाल, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् ।

चलचित्र हेरेका दर्शकले चलचित्रलाई रुचाएका छन् । हलमा भने यो चलचित्रले दर्शकको राम्रो साथ पाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्