कोरोना पिडितलाई गायिका मेलिना राईको १ लाख सहयोग



१५ जेठ २०७७, काठमाडौँ

मेलिना राई पछिल्लो समयकी निकै नै चर्चित गायिका हुन् । उनको सुमधुर आवाजलाई मन नपराउने सायदै कोही छन् । अहिले लकडाउनका कारण मेलिना पनि घरमै समय बिताइरहेकी छिन् ।

यसैबिच उनले कोरोनाका कारण समस्यामा परेकाहरुलाई १ लाख सहयोग गरेकी छिन् । उनले संगीतकार संघ नेपालको कल्याणकारी कोषमा र एक लाख सहयोग गरेकी हुन् ।

सामाजिक संजालमा पोष्ट गर्दै संघले उक्त विषयको जानकारी प्रदान गरेको हो । संघले सहयोगका लागि राईलाई धन्यवाद ज्ञापन गरेको छ। साथै सामाजिक सञ्जालमा मेलिनाका फ्यानले पनि उनको निकै नै प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्