सीमा नाकामा अलपत्र एक नेपालीको मृत्यु



१४ जेठ २०७७, जनकपुर

नेपाल-भारत सीमानाका जटहीमा अलपत्र एक जनाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ स्थित गोठकोयलपुरका ३० वर्षीय युवकको मृत्यु भएको हो ।

भारतमा रोजगारी गुमेपछि जटही नाकामा आएका उनको खान समेत नपाएर कष्टकर जीवन जिउन पर्दा मृत्यु भएको दावीसहित नाकामा अलपत्र रहेका अन्य नेपालीहरुले प्रदर्शन गरेका छन् । घटनापछि नेपाल प्रवेश गरी उनीहरुले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएको उनीहरुको दावी छ । तकले अहमदावादमा होटलमा कुकको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्