सलमान खानको ‘भाई भाई’ रिलिज



१४ जेठ २०७७, काठमाडौँ

पछिल्लो समयमा बलिउड अभिनेता सलमान खानको रुचि अभिनयमा मात्र नभएर गायनमा पनि देखिएको छ । केहीसमय अघिमात्र उनको तेरे बिना बोलको गीत रिलिज भएको थियो ।

जहाँ ज्याकलिन र उनी फिचर्ड थिए । उक्त गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पायो । अहिले फेरि सलमानले नयाँ गीत ल्याएका छन् ।

सलमान खानको ‘भाई भाई’ गीत सार्वजनिक भएको छ । गीतमा साजिद वाजिदको संगीत संयोजन, आदित्य देवको निर्माण रहेको गीतमा सलमान र रूहान अर्षदको स्वर रहेको छ । गीतमा सलमान र दानिश सब्रीको शब्द, रूहानको र्याप लिलिक्स र साजन सिंहको कोरियोग्राफी र छायांकन रहेको छ । भिडियो सम्पादन रितेश सोनीले भिडियो सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्