नेपाल-भारत सिमा विवादमा भारतको विरुद्धमा अनुपम खेरको ट्वीट, यस्तो रहेछ वास्तविकता…



१४ जेठ २०७७, काठमाडौँ

नेपाल भारत सिमाना विवादले सामाजिक सञ्जालमा निकै नै चर्चा पाइरहेको छ । यसबारे नेपाली कलाकारले आफ्नो धारणा पनि व्यक्त गरिरहेका छन् । यसैबिच बलिउड कलाकार अनुपम खेरको एक ट्वीट यतिबेला निकै भाइरल भैरहेको छ ।

ट्वीटमा अनुपमले नेपालको समर्थन गरेका छन् । तर अनुपमको ट्वीटर अकाउण्ट चेक गर्दा कतै पनि त्यस्तो ट्वीट देखिदैँन ।

वास्तवमा अनुपमको नामबाट भएको ट्वीट आजभन्दा ५ बर्ष अगाडी नै भाइरल भैसकेको थियो । हुन त त्यतिबेला पनि उक्त ट्वीट उनले भने गरेका थिएनन् । पाँच वर्षअघि यहि ट्वीटलाई अनुपमको आधिकारिक अकाउन्टमा ट्याग गरेर ‘के तपाईंले यस्तो ट्वीट गर्नुभएको हो रु’ भनेर सोधेका थिए ।

अनुपमले यसको जवाफ दिँदै भनेका थिए, ‘नेपालको यो ट्वीट मेरो होइन । म आफैं पनि अचम्मित छु, यस्तो कसले लेख्यो होला ।’

२८ सेप्टेम्बर २०१५ को यो ट्वीटलाई पुनः भाइरल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्