सरकारलाई प्रकाशको प्रश्न, ‘यो जुनीमा म मान्छे मानिन्छु कि मानिन्न’ ?



१३ जेठ २०७७, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा अन्तरजातीय विवाह गर्न जान खोज्दा मारिएका नवराज विकको मात्रै चर्चा भैरहेको छ ।

जाजरकोटबाट प्रेमिकासँग विवाह गर्न हिडेका नवराजलाई दलित भएर ठूलो जातकी केटीसँग विवाह गर्न लाग्यो भनेर ढुगांले हानेर मारिएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नवराजको दोषाीलाई सजाय दिलाउने माग भैरहेको छ ।

नेपाली चलचित्र क्षेत्रका कलाकारले पनि नवराजको साथ दिइरहेका छन् । यसैबिच चर्चित गायक प्रकाश सपूतले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै यो कुराको विरोध गरेका छन् ।

वास्तवमा प्रकाशको थर पनि विक नै हो । त्यसैले यो घटनाले उनको मनमा अझ धेरै चोट पुगेको बुझ्न सकिन्छ । उनले लेखेका छन्, सपुत लेख्छन्–‘सरकार, खुकुरी उदाएर निस्किकै हो । जान्छु देशको सिमानामा र थापिन्छु । कि काट्छु कि काटिन्छु भनेर । तर, रुकुम पुगेर रोकिएँ । सरकार, त्यहाँ त झन् कत्रो ठूलो पर्खाल रैछ नी । जातिय विभेदको, वर्गिय विभेदको ।’

सपुतले यी पर्खालहरु भत्काउदा भत्काउदै देशको सिमानामा पुग्न ढिलो भयो भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न भन्दै प्रश्न पनि गरेका छन् । सपुत लेख्छन्–‘म एक स्वाभिमानी नेपाली, यो जुनीमा मान्छे मानिन्छु कि मानिन्न ।’

उनले, नवराजको मृत्युसँगै सबैको आत्मसम्मानको पनि मृत्यु भएको उल्लेख गरेका छन् । उनले दलित भएकै कारण, प्रेम गरेकै कारण मर्नुपर्ने नियती देशकै लागि लज्जाको बिषय भएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्