सरकारसँग पूजाको अपिल, ‘दोषीलाई कडा भन्दा कडा कारवाही होस्’



१३ जेठ २०७७, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा जाजरकोटका नवराज विकको हत्याको कुराले चर्चा पाइरहेको छ । नवराजको गल्ती केहीपनि थिएन तर उनलाई दोषी बनाएर पिटेर मारियो ।

नवराज दलितको छोरा भएर बाहुनकी छोरीसँग प्रेम गर्नु नै समाजले उनको अपराध बनाइदियो ।  प्रेमिकासँग बिहे गर्न भन्दै जाजरकोटबाट रुकुम पुगेका विकको हत्या भएको भयो । सामाजिक सञ्जालमा धेरैले उनको अपराधीले सजाय पाउनु पर्ने माग गरिरहेका छन् ।

यस विषयमा नेपाली चलचित्र क्षेत्रका कलाकारले पनि आवाज उठाएका छन् । नायिका पूजा शर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नवराजको दोषीले कडा भन्दा कडा सजाय पाउन आवश्यक रहेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘समानता नै मानवताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले वुझ्छौ होला हामीले । रोगहरु प्नि नयाँ नयाँ आउन थालिसक्यो, अब हामी रोगसँग लड्नु कि छिमेकीको बल मिचाँइसँग लड्नु कि आफ्नै घर भित्रको अन्तरजातिय विभेदसँग लड्नु । कि सदा झै नारी अस्मितासँग खेल्न खोज्ने विरुद्ध लड्नु ?’

प्रतिक्रिया दिनुहोस्