दर्शकलाई आँचलको प्रश्न : ‘आफ्नो देशको बारेमा बोल्दा नेपाली चेलीले यस्तो सहनुपर्ने’ ?



१३ जेठ २०७७, काठमाडौँ

केही दिनदेखि सामाजिक सञ्जालमा केही नायिकाहरुले देशको बारेमा बोल्दा उनीहरुको अश्लील भिडियो बनाएर चरित्र हत्या गरिने काम गरिदैँ छन् । जुन विल्कुलै गलत हो ।

यस बिषयमा नायिका आँचल शर्माले गुनासो गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । आँचलले देशको बारेमा बोल्दा नेपाली चेलीले यतिधेरै कुरा सहनुपर्ने ? भनेर दर्शकलाई प्रश्न पनि गरेकी छिन् ।

हुन पनि हामीले कसैको चरित्र नै हत्या गर्ने गरी त्यस्ता भिडियो बनाउनु अपराध नै हो । यस विषयमा सबैले ध्यान दिनु जरुरी छ ।

उनले लेखेकी छिन्–‘अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका जसले गरेका छन्, तिनीहरुको विरुद्धमा एक भएर अगाडि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथीभाई अनी शुभचिन्तकको साथको जरुरी छ । कृपया सहयोग गरिदिनुहोस् ।’

पछिल्लो २ दिनयता फेक भिडियो तयार गरेर सार्वजनिक गर्ने क्रम बढेपछि चलचित्र कलाकार संघले पनि यसमा ध्यानाकर्षण भएको जनाएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले भने–‘हामी हनुमान ढोकामा नै छौ । एक–दुई जना कलाकारको भन्दा पनि धेरै कलाकारको नै यस्तो गलत नियतले तयार पारिएको भिडियो छ भन्ने वुझ्नमा आएको छ । यसैले, सबैले एकैचोटी उजुरी दिने कि भन्ने बिषयमा छलफल भैरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्