नाम मिलेर हैरान बर्षा : भनिन्, ‘नाम र थर हेरेर मात्र कमेन्ट गर्ने गर्नुस्’



१३ जेठ २०७७, काठमाडौँ

चर्चित नायिका बर्षा सिवाकोटीले बर्षा राउतसँग आफ्नो नाम जोडिएका कारण कहिलेकाही आफूलाई समस्या भएको बताएकी छिन् ।

हालैमात्र सामाजिक सञ्जालमा नायिका बर्षा राउतको निकै आलोचना भयो । आलोचना त बर्षा राउतको भएको थियो तर नाम एउटै भएकाले दर्शकले बर्षा सिवाकोटीलाई पनि गाली गरे ।

त्यसैकारण बर्षाले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै नाम र थर हेरेर मात्र कमेन्ट गर्न आग्रह गरेक छिन् ।

उनले ‘नमस्ते म बर्षा सिवाकोटी’ लेख्दै म्यासेज पठाउन र कमेन्ट गर्नु अगाडी नाम थर हेर्न आग्रह गरेकी छन् । एकै नाम भएको कारण यस अघि समेत यी दुईको नामले द्विविधा सिर्जना गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्