बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर आइसोलेसनमा



१३ जेठ २०७७, काठमाडौँ

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर आइसोलेनसमा बसेका छन् । यो खबर सुनेपछि करणका प्रशंसकहरु आत्तिएका थिए । तर करणलाई कोरोना संक्रमण देखिएर उनी आइसोलेसनमा बसेका होइनन् ।

करणको घरमा काम गर्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेनमा बसेका हुन् ।

कोरोनाको लक्षण देखिएपछि दुवैलाई क्वारेन्टिनमा राखिएको र पूरै घरलाई स्यानिटाइज गरिएको उनले बताएका छन्।

परिवारका सबै सदस्य र काम गर्नेहरुको कोरोना परीक्षण गरिएकोमा दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको करणले जानकारी दिएका छन्।

रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमिकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बस्ने करणले ट्विट गर्दै जाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्