प्रथम अन्तर्राष्ट्रिय वालेट टु वालेट रेमिट्यान्स् सेवा : इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्‍यो कारोबार



१२ जेठ २०७७, काठमाडौं

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ ।

यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु  कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् ।

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक  वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ । साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरु एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ ।

आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कुरा कम्पनीको भनाई  रहेको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्