भारतीय कलाकार किरण कुमारलाई कोरोना संक्रमण



१२ जेठ २०७७, काठमाडौँ

भारतका चर्चित कलाकार किरण कुमारलाई कोरोना पोजेटिभ देखिएको छ । गत १४ मेमा परिक्षण गरेको मा रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आउने वितिकै उनी परिवार छाडेर सेल्फ आइसोलेसनमा बस्न थालेका छन् ।

किरणले आफ्नो उपचार राम्रोसँग भैरहेको बताएका छन् । उनले आफू स्वस्थ्य भएको पनि बताएका छन् । किरणलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन तर रिपोर्ट पोजेटिभ आएका कारण उनी आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्