जल शाहको आक्रोश : ‘आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नुपर्छ’ ?



१२ जेठ २०७७, काठमाडौँ

कुनै समयकी चर्चित नायिका जल शाह लामो समयदेखि परिवार सहित अमेरिकामा बस्दै आएकी छिन् । उनी केहीसमय अघि नेपाल आएकी पनि थिइन् । उनै जल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आक्रोश पोखक छिन् ।

वास्तवमा उनलाई देशलाई माया गर्न देशमै बस्नुपर्छ भन्ने मानिसदेखि चित्त दुखेको हो । जल शाहले आफ्नो नेपाल आमालाई माया गर्न नेपालमा नै बस्नुपर्छ भनेर प्रश्न गर्दै रोष व्यक्त गरेकी छिन् ।

जल शाहको स्टाटस जस्ताको तस्तै-

आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् ! केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु त्यसैले म विदेशमा वसेको छैन| यो कस्तो मानसिकता हो ?कत्तिको जायज छ? तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ। नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलीदै जाने ? नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्,आफ़नो परिवारको पेट पलिरहेका छन् । उनीहरूलाई ,मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी| नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा ? नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का ? नेपालीको पनि दुइवटा जात हुन्छ र ? के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन्? देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ़नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही आउँछ । खोक़्रो राष्ट्रवाद मुर्दाबाद। जय देश

 

प्रतिक्रिया दिनुहोस्