‘पहिले राष्ट्रियता, अनिमात्र साथीभाई’ : निता ढुगांना



११ जेठ २०७७, काठमाडौँ

नायिका निता ढुगांनाले नेपाल भारत सिमाना विवादबारे आफ्नो भनाइहरु राखेकी छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै हाम्रो देशको जमिन फिर्ता ल्याउन हामी सबै एकजुट हुन आवश्यक रहेको बताएकी छिन् ।

उनले हिन्दी भाषामा पनि बोलेकी छिन् । निता आफ्नो सन्देश सबै ठाउँमा पुगोस् भन्ने चाहिन्छन् । त्यसैले नै उनले हिन्दी भाषाको पनि प्रयोग गरेकी हुन् । उनले आफू सधैँ नै पहिले आफ्नो देशलाई अगाडी राख्ने, त्यसपछि मात्र अरुको बारेमा सोच्ने बताएकी छिन् ।

उनले भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको कदमको हृदयदेखि नै आफू सम्मान गर्ने पनि बताएकी छिन् ।

नीता भन्छिन्–‘सबैभन्दा पहिले मैले राष्ट्रियतालाई राख्नुपर्छ । अनीमात्र परिवार, साथीभाई आउँछन् । तर, पहिलो प्राथमिकता राष्ट्रियतालाई रोज्नुपर्छ । राष्ट्रप्रति आएको समस्यालाई हामीले अवलोकन गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्