युट्युब ट्रेन्डिगंको पहिलो स्थानमा सिमा विवाद सम्बन्धी ‘सिधा कुरा जनतासँग’



११ जेठ २०७७, काठमाडौँ

अहिले जताततै नेपाल-भातर सिमाना विवादबारे चर्चा भैरहेको छ । यस्तै दर्शकमाझ असाध्यै लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग मा पनि यस विषयमा चर्चा भएको थियो ।

रवि लामिछानेले सञ्चालन गर्दै आएको यस कार्यक्रममा सधै नै जनताका बारेमा चर्चा हुने गर्थ्यो । तर केहीदिन अघिमात्र सार्वजनिक भएको एपिसोडमा भने सिमा विवादबारे चर्चा भएको थियो । जहाँ केही भारतीय व्यक्तिहरु प्नि जोडिएका थिए ।

नेपाल भारत सिमा विवादसँग जोडिएको पछिल्लो एपिसोड लोकप्रिय भएको छ । बिहिबार प्रशारित रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम नेपाल युटुव ट्रेन्डिगंको शिर्ष स्थानमा छ ।

धेरै प्रयोगकर्ताले उक्त एपिसोडमा रविले भारतीयलाई राम्रो पाठ पठाएको भन्दै उनको प्रशंसा पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्