विवादमा बर्षा : सामाजिक सञ्जाल प्रयोगकर्ताले भने- ‘लिपुलेक दे, बर्षा राउत लैजा’



११ जेठ २०७७, काठमाडौँ

खासै विवादमा नआउने नायिका बर्षा राउत यतिबेला भने सामाजिक सञ्जालमा नराम्रोसँग आलोचित भैरहेकी छिन् । अहिले जताततै सिमाना विवादबारे चर्चा भैरहेको छ ।

भारतीय मिडियाले यहि विषयमा नेपाललाई निकै गाली दिइरहेको छ । यसैबिच नायिका बर्षा राउतले एक भिडियो सेयर गर्दै यो विषयमा झगडा गरेर भन्दा पनि दुई देशको सरकार मिलेर यस कुराको समाधान गर्नुपर्ने बताएकी थिइन् ।

साथै उनले अब आफ्ना इन्डियन साथीहरुसँग फेस गर्न आफूलाई गाह्रो पर्ने समेत बताएकी थिइन् । त्यहि कुराले नै बर्षालाई विवादमा ल्यायो । अहिले सामाजिक सञ्जालमा बर्षाालाई फ्यानले निकै नै गाली गरिरहेका छन् । धेरै प्रयोगकर्ताले बर्षालाई देशको भन्दापनि आफ्ना साथीहरुको चिन्ता भएको बताएका छन् ।

उनको एक पोष्ट सार्वजनिक गर्दै मनिषा कोइराला र सिमाको विषयमा उनी सम्बेदनशील रहेको केही समर्थक बताउदै छन् । तर कतिपयले भने देश बाँकी रहे मित्रता अगाडी बढाउदै जाउला भनेर टिप्पणी गरेका छन् ।

साथै उनी जस्तो कलाकारबाट यस प्रकारको प्रतिक्रिया अपेक्षा नगरेको समेत बताएका छन् । कति सामाजिक संजाल प्रयोगकर्ता भने यति सम्म आक्रोशित छन् कि भारतलाई लिपुलेक फिर्ता दिएर बर्षा राउतलाई भारत लैजान भनिरहेका छन् ।

उनलाई धेरैले मनिषाबाट केही सिक्न आवश्यक रहेको समेत बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्