गायक उदित नारायणले गाए ‘जयतु भारतम्’…



११ जेठ २०७७, काठमाडौँ

यतिबेला भारत र नेपालमा सिमाना विवादको विषय चर्किरहेको छ । सामाजिक सञ्जालमा पनि यिनै कुराहरु चर्चामा आइरहेका छन् । यसैबिच राष्टियता बोकेको भारतीय गीत रिलिज भएको छ ।

जहाँ नेपाली गायक उदित नारायण झा ले पनि आवाज दिएका छन् । हुन त उदित नेपाली मात्र भएर भारतका पनि निकै नै चर्चित गायक हुन् । उक्त गीतमा उदिपको आवाज ३ सेकेण्ड मात्र सुन्न सकिन्छ । गीतमा उदितसँगै २११ गायक गायिकाले आवाज दिएका छन् ।

उदितले चार दिनअघि आफ्नो फेसबुक पेजमा यो गीत सेयर गरेका छन् । गीत सेयर गर्दै उनले लेखेका छन्, ‘जगाहुवा भारत हे ये ।’

प्रतिक्रिया दिनुहोस्