‘अब कसैसँग झुक्न छाडौ’ : निखिल उप्रेती



१० जेठ २०७७, काठमाडौँ

अभिनेता निखिल उप्रेतीलाई पनि भारतले नेपाललाई गरेको व्यवहार मन परेको छैन । नेपाल सरकारले नयाँ नक्सा जारी गरेसँगै भारतले यतिबेला नेपालको निकै नै विरोध गरिरहेको छ । निखिलले भारतको व्यवहार ठिक नभएको बताएका छन् ।

उनले भारतले नेपाललाई सानो भनेर हेपिरहेको तर भारतभन्दा सानो भएपनि नेपाल बलियो भएको बताइरहेका छन् ।

उनले, अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । निखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक कदम चालेको भन्दै यो समयमा सबै नेपाली एक हुनुपर्ने बताएका छन् ।

निखिलले भने–‘यो समयमा पनि केही नेताहरुले भारतकै गुलामी गर्दैछन् । उनीहरुलाई नेपाली जनताले चिन्न आवश्यक छ । त्यस्ता नेताहरुको राजनीतिक करिअर समाप्त पार्ने दिन आउँदैछ ।’

त्यसका साथै निखिलले सबैलाई आत्मनिर्भर हुन पनि आग्रह गरेका छन् । उनले अब विदेशी चिजको प्रयोग गर्न छोड्दै जानुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्