फुर्सदको समयमा चलचित्रको स्क्रिप्ट लेख्दै प्रकाश सपुत



१० जेठ २०७७, काठमाडौँ

प्रकाश सपुत अहिले आफ्नो जन्मघर बाग्लुगंमा छन् । पछिल्लो समयका चर्चित गायक प्रकाश सपूत नायक पनि बन्दैछन् । उनको डेब्यु चलचित्र परदेशी २ को छायांकन लकडाउनका कारण रोकिएको छ ।

लकडाउनपछि चलचित्रको छायांकन पुनः सुरु हुनेछ । अहिले फुर्सदको समयमा प्रकाश चलचित्रको कथा लेखिरहेका छन् । धेरै अगाडी देखि नै उनको समाजको वास्तविक घटनामा चलचित्र निर्माण गर्ने सपना थियो । अहिले उनी त्यसैको काम अगाडी बढाइरहेका छन् ।

गायक सपुतले आफूले अहिले क्लाइमेक्स लेखिरहेको सुनाए । भने–‘अब सकिन लागेको छ । सायद, यो कथामा चलचित्र बनाउन सक्छु होला ।’ योसँगै गायक सपुतले गाउँमै रहँदा छोटा चलचित्रहरु पनि बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्