ट्विटर ‘ट्रेण्डिङ नम्बर एक’ मा मनिषा कोइराला



०९ जेठ २०७७, काठमाडौं

मनिषा कोइराला यतिबेला सामाजिक सञ्जालमा छाएकी छिन् । सामाजिक सञ्जालभरि उनकै मात्र चर्चा छ । उनले नेपालको समर्थन गरेपछि भारतीय मिडियाले उनको विरोध गरेको थियो ।

त्यसपछि सारा नेपाली मनिषाको समर्थनमा उत्रिएका छन् । त्यतिमात्र नभएर मनिषा ट्वीटर ट्रेण्डिङ नम्बर १ मा छिन् । सामाजिक संजाल ट्वीटर ह्यान्डलमा ‘ह्यासट्याग आइ एम विथ मनिषा कोइराला’ ट्रेण्डिङ नम्बर एकमा पर्न सफल भएको छ ।

लामो समयबाट विवादित रहदै आएको उक्त क्षेत्रमा भारतले बाटो बनाएर उद्घाटन समेत गरे पछि नेपाल सरकारको चासो बढेको थियो।

प्रतिक्रिया दिनुहोस्