गर्भवती देखिन यसरी तौल बढाउँदै नायिका कृति



०८ जेठ २०७७, काठमाडौँ

लकडाउन हुनुअघि बलिउड नायिका कृति सेनन चलचित्र मीमी को छायांकनमा व्यस्त थिइन् । कृतिले मीमी आफ्नो करियरकै सबैभन्दा महत्वपूर्ण चलचित्र भएको समेत बताएकी थिइन् ।

तर चलचित्रको छायांकन केही प्रतिशत हुने बित्तिकै लकडाउन भैदियो । चलचित्र मीमी मा कृति एक गर्भवती महिलाको भूमिकामा देखिदैँछिन् । गर्भवती देखिनको लागि यतिबेला उनी आफ्नो तौल बढाइरहेकी छिन् ।

तौल बढाउनको लागि उनले योगा र व्यायाम गर्न छाडिदिइन् । यस्तै तौल बढाउने खालका खानेकुरा उनी नियमित खाइरहेकी छिन् । यो चलचित्र कृतिले स्क्रिप्ट नै नपढी साइन गरिदिएकी थिइन् । पछि स्क्रिप्ट पढ्दा उनलाई यसमा आफूले निभाउने पर्ने भूमिका निकै चुनौतीपूर्ण भएकाले अझै चलचित्रप्रति उत्साह बढेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्