घुस दिंदै गर्दा सिचाँई विकास डिभिजनका प्रमुख अख्तियारको फन्दामा



०८ जेठ २०७७, विराटनगर

आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेका थिए ।

झाले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखि दिएका थिए । खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि पौडेलले यो के हो ? भनेर प्रश्न गर्दा नभनेको पौडेलले बताएका छन् । साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको बताएका छन् । उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भष्ट्राचार जन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए ।

यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिनु भएको थियो । त्यस लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झालाई प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा महिनौ देखि अन्य मन्त्रालय तथा कार्यालयहरुको फाइल रोकिदै आएको गुनासो हुने गरेको छ ।

भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उप सचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखामा कर्मचारीहरुले दुःख दिनुका साथै फाइल समेत हराउने, फ्याकिने र च्यातिने गरेको गुनसो अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्