बलिउड नायिका अनुष्का शर्माविरुद्ध नेपाली महिलाको अपमान गरेको भन्दै मुद्धा दर्ता



०७ जेठ २०७७, काठमाडौँ

केहीदिन यता बलिउड नायिका अनुष्का शर्मा निकै विवादमा आइरहेकी छिन् । उनले निर्माण गरेको सिरियल पाताल लोक मा एक महिलालाई नेपाली शब्द प्रयोग गरेर तुच्छ गाली गरेपछि उनी विवादमा आएकी छिन् ।

त्यहि कारणले उनीमाथि मुद्धा दर्ता भएको छ । नेपाल तथा भारतमा रहेका नेपालीहरूले सामाजिक सञ्जालमार्फत् अनुष्कालाई भिडिओबाट उक्त शब्द तत्काल हटाउन माग गर्दै आएका छन्।

गोर्खा समाजले नेपाली समुदायको मानहानी गरेको उल्लेख गरेका छन्। त्यस्तै, दार्जिलिङकी अञ्जनी शर्माले समेत नयाँ दिल्लीस्थित् मानव अधिकार आयोग र साइबर क्राइम ब्युरोमा उजुरी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्