लकडाउनमा चित्र कोर्दै अञ्जली अधिकारी



०६ जेठ २०७७, काठमाडौँ

पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारी लकडाउनका कारण यतिबेला घरमै समय बिताइरहेकी छिन् । उनी लकडाउनको समयमा पनि त्यसै भने बसेकी छैनन् ।

उनले लकडाउनको समयमा चित्र कोरिरहेकी छिन् । उनले आफूले बनाएको चित्र सामाजिक सञ्जालमा समेत सेयर गरेकी छिन् ।

नृत्य र अभिनयबाट सबैको मन जितेकी अञ्जलीको अर्को कलालाई उनका फ्यानले देख्न पाएका छन् । धेरैले अञ्जलीले बनाएको चित्रको निकै नै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्