जब करणका छोराले उनलाई ‘बाँदर’ भने…



०६ जेठ २०७७, काठमाडौँ

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर यतिबेला आफ्ना छोराछोरीसँग समय बिताइरहेका छन् । उनका रुही र यश नामका दुई छोराछोरी रहेका छन् । अहिले उनी छोराछोरीसँगै रमाइलो गरेर दिन कटाइरहेका छन् ।

करणले सामाजिक सञ्जालमा छोराछोरीसँगको भिडियोहरु अपलोड पनि गरिरहेका हुन्छन् ।

हालैमात्र पनि करणकोरमाइलो भिडियो सार्वजनिक भएको छ । करण जौहरले उक्त भिडियो इन्स्टाग्राम मार्फत सेयर गरेका छन् । भिडियोमा करणले उनका सन्तानलाई ‘दिदी भैया’ भन्न सिकाउदै छन् । तर जव उनले यसलाई आफ्नो बारेमा प्राश्न गर्दा उनले रमाइलो जवाफ दिएका छन् । यशले करणलाई ‘बादर’ भनेका छन् ।

यशले बादर भनेपछि करण बेस्सरी हाँसेको भिडियोमा देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्