हिन्दी सिरियलमा नेपाली शब्द प्रयोग गर्दै महिलालाई तुच्छ गाली दिएपछि रेखाले लेखिन् यस्तो स्टाटस…



०५ जेठ २०७७, काठमाडौँ

बलिउडकी चर्चित नायिका अनुष्का शर्माले निर्माण गरेको सिरियल पाताल लोक को एक एपिसोडमा नेपाली शब्दको प्रयोग गर्दै एक महिलालाई निकै तुच्छ गाली गरिएको थियो । नेपाली कलाकारले अहिले उक्त कुराको निकै विरोध गरिरहेका छन् ।

रेखा थापाले पनि उक्त कुराबारे सामाजिक सञ्जालमा स्टाटस लेखकी छिन् । उनले नेपाली महिलाको अस्तित्वमाथि बोल्ने अधिकार कसैको नभएको बताएकी छिन् । त्यसका साथै रेखाले अनुष्काले नेपालीसँग माफी माग्न आवश्यक रहेको समेत बताएकी छिन् ।

उनले यस्तो भाषा र हेपाह प्रवृत्तिले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको बताउदै निर्माण पक्षले तुरुन्तै माफि मागोस र रेकर्डबाट हटाइयोस भन्ने माग गरेकी छिन् ।

रेखाको स्टाटस जस्ताको तस्तै-

एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भ्रत्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरी हरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आपत्ति जनक छ । त्यती मात्र होइन एस्तो भाषा र हेपाह प्रब्रितीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । एसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर-घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस ।

 

प्रतिक्रिया दिनुहोस्