‘भारतीयहरुले नेपाली चेलीबेटीलाई अपशब्द प्रयोग गरेर गाली गर्न हामीबाटै सिकेका हुन्’ : केकी अधिकारी



०४ जेठ २०७७, काठमाडौँ

बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेको भारतीय टिभी सिरियल पाताल लोक को एक एपिसोडमा नेपाली तुच्छ शब्दको प्रयोग गर्दै एक महिलालाई गाली गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि अनुष्काको चौतर्फी आलोचना भैरहेको छ ।

धेरैले त अनुष्काले नेपालसँग माफी माग्नुपर्ने समेत बताइरहेका छन् । यसैबिच नायिका केकी अधिकारीले अलि फरक शैलीमा यसबारे आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

केकीले यो मौका भारतीयलाई हामी नेपालीले नै दिएको बताइन् । उनले त्यस्ता शब्दको जन्म नेपालमै भएको पनि बताइन् । उनले हामीले त्यस्ता शब्द नभनेको भए आज उनीहरुले पनि त्यहि सिको नगर्ने बताइन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले पहिले त हामी आफैले हाम्रो बोली र व्यवहार पनि सुर्धान आवश्यक रहेको बताएकी छिन् । उनी लेख्छिन्, ‘भो छाडिदिनुहोस्, आफ्नाले भन्न छाडेका छन् र अरूले नभनून् । आज अरूले आफ्ना चेलीबेटीलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा साह्रै चित्त दुख्यो रु मन पोल्यो रु रगत उम्लेर आयो रु आफ्नै भनाउँदाहरूबाट यस्ता गालीहरू मुख अगाडि, मुख पछाडि, सामाजिक सञ्जालमा, युट्युबमा वाल्लछ्याल्टी नसुनेको, नदेखेका हौ र रु’ उनीहरूले पनि हामीबाटै सिकेका हुन् भन्दै उनले लेखेकी छिन्–‘यिनीहरूलाई भन्न मिल्ने रहेछ भनेर हामीले नै उकासेका हौं । छातीमा हात राखेर भन्नुहोस् त हामीले आफ्नै देशका दिदीबहिनीहरूलाई यस किसिमका अवहेलना कति गरेका छौं रु अनि हामी यो आशा गरिरहेका छौं कि अरू चाहिँ बदलिऊन् । तर, आफूलाई त जति पनि अधिकार छ महिलाको चरित्र हत्या गर्ने रु होइन ?’

उनले, भारतीय वेव सिरिजमा देखाइएको कुरा माफी योग्य नभएको बताएकी छिन् । तर, के हामी पनि ठिक छौं त भनेर नियाल्न पनि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्