निर्मातालाई समस्या हुन्छ भने म आफ्नो पारिश्रमिक घटाउन तयार छु : तापसी



०४ बैशाख २०७७, काठमाडौँ

कोरोनाका कारण बलिउडका सबै काम यतिबेला ठप्प छन् । लामो समयसम्म लकडाउन भैरहदाँ बलिउडका निर्माताले गुनासो व्यक्त गरेका छन् । धेरैले लकडाउनपछिको समयमा आफूहरुलाई गाह्रो हुने पनि बताइरहेका छन् ।

यसैबिच बलिउडकी चर्चित अभिनेत्री तापसी पन्नुले लकडाउनपछि काम सुरु भएपछि समस्या आएमा आफ्नो पारिश्रमिक घटाउन तयार रहेको बताएकी छिन् ।

उनले अगाडि भनिन्–‘अहिले कुनै पनि सुटिङ भैरहेको छैन । यस्तो अवस्थामा पारिश्रमिक कटौतीको कुरा त पक्कै आउँछ । यस्तो अवस्था आएमा म यसका लागि तयार छु ।’

यसअघि रणवीर र आलियाले पनि चलचित्र ब्रहास्त्र बाट आफ्नो पारिश्रमिक कम गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्