बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेको हिन्दि सिरियलमा नेपाली शब्द प्रयोग गरेर गरियो तुच्छ गाली, विवादमा अनुष्का



०४ जेठ २०७७, काठमाडौँ

बलिउडकी चर्चित नायिका अनुष्का शर्माले निर्माण गरेको सिरियल पाताल लोक का कारण अहिले अनुष्का विवादमा आएकी छिन् ।

उक्त सिरियलको एक एपिसोडमा नेपाली नाम जोडेर निकै तुच्छ गाली गरिएको छ । सिरियलमा एक महिलालाई गाली गर्नका लागि  निकै तल्लो स्तरको शब्द प्रयोग गरिएको छ ।

यसमा प्रलक्ष नामका एक व्यक्तिले निकै लामो पोष्ट लेख्दै अनुष्का शर्माबाट माफी मागेका छन् । इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन्, ‘एउटा सार्वभौम राष्ट्रका निकै मिहिनेती समुदायका लागि यस्तो शब्दको प्रयोग गर्न कसरी आँट गर्यौ रु म एक भारतीय गोर्खा हुँ मैले यो यसकारण लेखेँ किनभने यसले मलाई दुःखी बनायो । मेरी आमा र दिदी बहिनीले यस्तै चित्रणका कारण विभिन्न समस्या भोग्नुपरेको छ  र तिमीहरुले घाउमा नुन खुर्सानी दल्ने काम गरिरहेका छौ ।’

त्यसका साथै ती व्यक्तिले अनुष्काले उक्त डाइलग हटाइ माफी माग्नुपर्ने माग समेत गरेका छन् । हुन पनि कसैले सिरियलमा हाम्रो देशको नाम प्रयोग गरेर तुच्छ गाली गर्नु राम्रो कुरा होइन । अहिले अनुष्काको यहि कारणले चौतर्फी विवाद भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्