बुबाको निधनपछि निकै पिडामा रणवीर, आफ्नी आमासँग पनि चाहदैँनन् भेट्न



०३ जेठ २०७७, काठमाडौँ

यतिबेला बलिउड अभिनेता रणवीर कपुर पुनः विवादमा आएका छन् । बुबाको प्राथना सभामा प्रेमिका आलिया भट्टसँग पुगेपछि उनको चर्को आलोचना भएको हो ।

धेरैले यस्तो समयमा आमासँग बस्नुपर्ने बेलामा आलियासँग बसेको भन्दै रणवीरलाई गाली गरेका थिए ।

तर यसको वास्तविकता अर्कै छ । बुबाको निधनपछि रणवीर पहिलेजस्तो नै छैनन् । उनलाई न कसैसँग बोल्न मन लाग्छ न त कसैसँग भेट्न नै मन लाग्छ । तरपनि उनी आमा नितू कपुरसँग नै बस्न चाहन्थे ।

नितू पनि केही समयसम्म एक्लै नै बस्न चाहन्छिन् । जसका कारण उनले रणवीरलाई उनकै अपार्टमेन्टमा बस्न अराइन् । त्यसैले नै रणवीर एक्लै बसेका हुन् । उनी आलियासँग सँगै बसेको खबर पुरै गलत भएको भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्