विवाहको तयारी भैसकेको थियो, तर यसकारण टुट्यो माधुरी र सञ्जयको प्रेम सम्बन्ध…



०३ जेठ २०७७, काठमाडौँ

माधुरी दिक्षित बलिउडकी निकै नै चर्चित नायिका हुन् । कुनै समयमा उनले बलिउडमा एकछत्र राज गरेकी थिइन् । माधुरी सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका पनि हुन् ।

ब्लिउडमा सधै नै माधुरीको अभिनय र नृत्यको चर्चा हुने गरेको छ । उनै माधुरीको कुनै समयमा बलिउडका निकै चर्चित अभिनेता सञ्जय दत्तसँग गहिरो प्रेम थियो ।

यी दुईलाई बलिउडको क्युट कपलको रुपमा हेरिन्थ्यो । कसैले कल्पना समेत गरेका थिएनन् कि यी दुईको प्रेम छुट्छ । माधुरी र सञ्जयले विवाह गर्ने पक्कापक्की भैसकेको थियो । तर सोही समयमा सञ्जय जेल गए ।

सञ्जय जेल गएसँगै माधुरी र सञ्जयको प्रेममा सधैँका लागि पूर्णविराम लाग्यो । त्यसपछि माधुरीले डाक्टर नेनेसँग विवाह गरिन् । अहिले उनी आफ्नो वैवाहिक जीवनमा निकै नै खुसी छिन् ।

प्रतिक्रिया दिनुहोस्