आज नायिका जसिता गुरुङको जन्मदिन, शुभकामना दिनेको ओइरो



०३ जेठ २०७७, काठमाडौँ

जसिता गुरुङ छोटो समयमा नै नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो स्थान बनाउन सफल नायिका हुन् । लिलिबिली बाट नेपाली रजतपटमा भित्रिएकी जसिताले त्यसपछि लब स्टेशन मा काम गरिन् । लब स्टेशन त्यति चलेन तर जसिताको कामको भने खुबै नै प्रशंसा भयो ।

आज उनै नायिका जसिता गुरुङको जन्मदिन हो । आज जसिताको जन्मदिन भएकाले सामाजिक सञ्जालमा उनका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

जसिताले रेनशा वान्तवा राईको आइ एम ट्वान्टी वान मा काम गर्ने पक्का भएको थियो । तर लकडाउनका कारण उक्त चलचित्रको काम नै रोकियो । त्यसका साथै भुवन केसीको होम प्रोडक्सनको एउटा चलचित्रमा अनमोलसँग जसिताले काम गर्ने पनि पक्का भएको छ । यसरी हेर्दा उनको हातमा राम्रो ब्यानरका चलचित्र परिरहेका छन् । जसितालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्