कटरिनाको सुझाव, ‘अब हामीले खाना खाने शैली फेर्नुपर्छ’



०२ जेठ २०७७, काठमाडौँ

लकडाउनका कारण यतिबेला सबैजना घरमा समय बिताइरहेका छन् । बलिउडका कलाकार पनि घरमा केही गरेर समय बिताइरहेका छन् । नायिका कटरिना कैफ भने घरमा बसेको समयमा घरका कामहरु गर्न सिकिरहेकी छिन् ।

उनले सामाजिक सञ्जालमा काम गरिरहेको भिडियो पोष्ट पनि गर्ने गरेकी छिन् । सधैँ व्यस्त रहने कटरिनाले फिल्म क्षेत्रमा आएदेखि घरमा यति लामो समय कहिले पनि बिताउन पाएकी थिइनन् । सधैँ काममा नै व्यस्त हुने भएकाले उनलाई घरमा बस्ने त्यति फुर्सद मिलेको नै थिएन ।

कट्रिनाले काममा जाने आफ्नो तालिका भने मिस गरिरहेको बताएकी छिन् । उनी भन्छिन्–‘अब हामीले हाम्रो खाने शैलीलाई परिवर्तन गर्नुपर्छ । शरीरमा प्रतिरक्ष प्रणाली विकासका लागि हामीले काम गर्न आवश्यक छ । यसैले, म आ मानिसहरुसँग आग्रह गर्न चाहन्छु व्यायम र योगा नियमित गर्नुहोस् ।’

कट्रिनाले एक्लोपनको आभाष हुँदा ध्यान गर्ने वा चलचित्र हेर्ने गरेको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्