विद्याको ‘शकुन्तलादेवी’ पनि अब डिजिटल रिलिज हुने



०२ जेठ २०७७, काठमाडौँ

कोरोना संक्रमण भारतमा पनि दिनानुदिन बढ्दो क्रममा देखिएकाले लकडाउन खोल्ने छनक देखिएको छैन । कोरोनाको कारण बलिउड चलचित्र क्षेत्रलाई नराम्रो असर परेको छ । तर अरु केही विकल्प नभएपछि निर्माताहरुले अब आफ्ना चलचित्रलाई डिजिटल प्रविधिमार्फत प्रदर्शनमा ल्याउने तयारी गरिरहेका छन् ।

अक्षयको लक्ष्मी बम, आयुष्मान र अमिताभको गुलाबो सितारो र अब विद्या बालनको मुख्य भूमिका रहेको चलचित्र शकुन्तला देवी पनि डिजिटल माध्यमबाट नै प्रदर्शनमा आउने भएको छ ।

यो कुराको जानकारी विद्या स्वयमले सामाजिक सञ्जालमार्फत दिएकी छिन् । ह्यूमन कप्युटर’को नामले परिचित शकुन्तला देवीको बायोपिकमा यो चलचित्र बनेको हो । अनु मेननको निर्देशनमा तयार भएको यो चलचित्रलाई सोनी पिक्चर्स नेटवर्कले निर्माण गरेका हो ।

भारतका हल संचालकहरुले निर्मातालाई डिजिटल रिलिज नगरी चलचित्रको हल रिलिजसम्म पर्खन आग्रह गरेपनि निर्माताहरुले राम्रो रकम पाएपछि डिजिटल प्लेटफर्मलाई रिलिजको माध्यम बनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्